प्रभु बैंकको संस्थापकले ६८ हजारभन्दा बढी कित्ता सेयर बिक्रि गर्दै


खबरस्टोरी संवाददाता
२८ असार २०७९, मंगलवार
प्रभु बैंकको संस्थापकले ६८ हजारभन्दा बढी कित्ता सेयर बिक्रि गर्दै
काठमाडौँ। प्रभु बैंक लिमिटेडको संस्थापक शंकरलाल अग्रवालले आफ्नो नाममा रहेको ६८ हजार ३९ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएका छन् । 

बैंकले मंगलबार एक सूचना जारी गर्दै यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा बिक्रीको आह्वान गर्दा आवेदन नपरेकाले सर्वसाधारणका लागि यो सेयर बिक्रि गरिएको हो । 

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी बाहेकका व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र निवेदन दिन सक्ने छन् ।