प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्नः ११ दशमलव ५८ प्रतिशत लाभांस


खबरस्टोरी संवाददाता
१ बैशाख २०७९, बिहीबार
प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा सम्पन्नः ११ दशमलव ५८ प्रतिशत लाभांस
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । काठमाडौंको तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा बिद्युतीय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुकासाथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत शुन्य दशमलव ५८ प्रतिशत नगद लाभांश गरि जम्मा ११ दशमलव ५८ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ । 

बार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे कम्पनीका अध्यक्ष कुसुम लामाले बिभिन्न समस्या तथा उत्तारचढावहरु बि.सं.२०७२ सालको महाभूकम्प, सोही वर्षको नाकाबन्दी, बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) र सो को नयाँ÷नयाँ भेरियन्टको असर, तत्पश्चात बित्तिय क्षेत्रमा देखिएको तरलताको अभाव एवं प्रत्यक्ष आयात निर्यात हुने बिदेशी राष्ट्रहरुबीच भएको आपसी द्वन्द लगायतले बीमा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारेको बताए । 

सम्भावित बीमा जोखिमहरुको आँकलन तथा सोको संयमित र अनुकुलित व्यवस्थापन नै बीमा क्षेत्रको सफलताको शुत्र हो भन्नेमा कसैको दुई मत हुन नसक्ने जनाउँदै कम्पनी भित्रको शुसाशन र सहभागितामूलक पारदर्शी निर्णय प्रकृयाहरुले सञ्चालक समिति र व्यवस्थापन बीचमा झन् प्रगाढता बढेको उनले बताए । 

बीमा क्षेत्रमा रहेको तीब्र प्रतिस्पर्धाका बीच पूँजी, दावी भुक्तानी, व्यवस्थापन खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित दीर्घकालिन लक्ष्य प्राप्तीका लागि समस्त कम्पनी परिवार प्रयत्नशील रहेको उनको भनाइ छ । 

बताउँदै हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुको बजार, ग्राहक, लक्ष्य, उद्देश्य लगभग एकै किसिमका रहेकाले यस्तो अवस्थामा कम्पनीले प्रतिश्पर्धा गर्न ग्राहक केन्द्रित भएर आकर्षक बीमा सेवा प्रदान गर्दै अगाडि बढेको र कम्पनीको आन्तरिक व्यवस्थापनलाई व्यवस्थापन गर्दै कम्पनीले डिजिटल बीमा सेवामा बिशेष जोड दिइएको बताए । 

बीमा समितिबाट जारी भएको पूँजी बृद्धि सम्वन्धी निर्देशन बमोजिम कम्पनीको चुक्ता पूँजी दुई अर्व ५० करोड पु¥याउनको लागि हकप्रद शेयर जारी गरि पूँजी बृद्धि गर्न बिशेष प्रस्ताव पेश गरि सो प्रस्ताव अत्याधिक बहुमतले पारित गरि सोहि अनुसार कम्पनीको पूँजी बृद्धि सम्वन्धी योजना तयार गरि बीमा समितिमा पेश गर्न साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ । 

वार्षिक साधारण सभाबाट पारित बोनश शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी रु. १ अर्व २८ करोड ९७ लाख ११ हजार पुगेको छ ।