प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त


खबरस्टोरी संवाददाता
१६ चैत्र २०७८, बुधबार
प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीहरुबाट संचालकमा प्रतिनिधित्व गर्ने सुभाष अमात्यलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । 

नवनियुक्त अध्यक्षले अमात्यले सोही दिन बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् । 

यसअघि अध्यक्ष रहेका डा.आत्माराम घिमिरेले चैत १६ गतेदेखि नै लागू हुने गरी व्यक्तिगत कारण जनाउँदै राजीनामा दिएका थिए ।  २०७४ मंसिर २८ गतेबाट संचालनमा आएको कम्पनीले देशभरका एक सय वटा शाखा÷उपशाखा कार्यालयहरुबाट जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।