प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालकमा सीए दीपक पाण्डे र शंकर गौतम निर्विरोध निर्वाचित


खबरस्टोरी संवाददाता
८ चैत्र २०७८, मंगलवार
प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालकमा सीए दीपक पाण्डे र शंकर गौतम निर्विरोध निर्वाचित
काठमाडौँ।  प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा सिएद्धय दीपक पाण्डे र शंकर गौतम निर्विरोध निर्वाचित  भएका छन् । आइतबार होटल र्‍याडिसनमा कम्पनी अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको सभाले पाण्डे र गौतमलाई  निर्वाचित गरेको हो ।

कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचनबाट दिपक पाण्डे र शंकर गौतम निर्विरोध निर्वाचित भएका हुन् । प्रभुले वि.सं. २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको छ ।