प्रुडेन्सियल इन्स्योरेन्सको २० औं वार्षिक साधारण सभा सम्पन्न


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
प्रुडेन्सियल इन्स्योरेन्सको २० औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं।  निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आईतबार दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा वार्षिक साधारण सभा सम्पन्न गरेको जानकारी दिएको छ । 

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको २० औं वार्षिक साधारण सभाबाट सात प्रतिशत बोनस शेयर र शुन्य दशमलव ३६ कर प्रयोजनार्थ नगद लाभांशदिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।

साविक एक अर्ब १० करोड ८५ लाख ४६ हजार पाँच सय ६० रुपैैंयाँ चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १८ करोड ८१ लाख४४ हजार आठ सय १९ रुपैंयाँ पुग्ने छ ।