चेक ब्रान्डले कोडियाकको भावनात्मक डिजाइनलाई थप विकास गरी यसको एरोडायनामिक सुधार गरेको छ । रौनक अग्रवाल, स्कोडा डिभिजन–एमएडब्लु इन्टरप्राइजका कार्यकारी निर्देशकले भने –‘नयाँ स्कोडा कोडियाक डिजाइन सौन्दर्य, आराम, इञ्जिन र गतिशील क्षमताहरूका साथै पूरै विचार गरेर केबिन थपिएको छ ।’
एक्सटिरियरः पुनःडिजाइन गरिएको फ्रन्ट र अझ रग्डरुप
स्कोडाले कोडियाकको अपिरियन्यसमा विशेष परिमार्जन गरेको छ, सफल एसयुभीलाई अझ धेरै रग्ड लुक प्रदान गर्दै यसको एरोडायनामिक्सलाई पनि अनुकूलन/अप्टिमाइज गरेको छ ।
माथिल्लो र आकर्षक बोनेट र नयाँ डिजाइन गरिएको, थप ठाडो स्कोडा ग्रिलले कारलाई हेर्दा अझ बढी आकर्षक देखाएको छ ।
एड्याप्टिभ फ्रन्ट हेडलाइट प्रणालीका साथएलईडी हेडलाइटहरू उल्लेखनीयरूपमा स्लीम छन् र, पुनः व्यवस्थित फग लाइटहरूसँग, अँध्यारोमा पनि राम्रोसँग देखिने सुविधा सिर्जना गर्दछ ।
स्कोडाले कोडियाकको भित्री भागलाई नयाँ डेकोरेटिभ स्ट्रिपहरू, थप कन्ट्रास्टीङ स्टिचिङ र परिष्कृत एलईडी एम्बियन्ट लाइटिङ फङ्शन प्रदान गरेर नयाँ स्तरमा लगेको छ ।
स्कोडा कोडियाक ४, ४ अल–व्हील ड्राइभका साथ ४ वटा ड्राइभिङ मोड विकल्पहरुका साथ आउँछ । स्कोडाको लार्ज एसयूभी त्रिनिटी १८–इनच व्हीलहरुका साथ सुसज्जित भएर आउँछ ।