प्रतितोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
प्रतितोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ। साताको तेस्रो कारोबार दिन  सुनको भाउ प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै आज  चाँदीको भाउ भने स्थिर नै रहेको छ । सोमबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ ।