प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढ्यो सुनको मूल्य


खबरस्टोरी संवाददाता
१६ बैशाख २०७९, शुक्रबार
प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ। सुनको भाउ शुक्रबार प्रतितोलामा एक हजार दूई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । 

आज चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।