पुस मसान्तभित्र जरिवानाको पाँच प्रतिशत बुझाए बाँकी रकम मिनाहा (पत्रसहित)


खबरस्टोरी संवाददाता
२९ असार २०७९, बुधबार
पुस मसान्तभित्र जरिवानाको पाँच प्रतिशत बुझाए बाँकी रकम मिनाहा (पत्रसहित)
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आगामी पुस मसान्तभित्र जरिवानाको पाँच प्रतिशत रकम बुझाए बाँकी रकम मिनाहा हुने जनाएको छ। 

विभागले मंगलबार सूचना प्रकाशित गरी प्राइभेट फर्म तथा कम्पनीले आर्थिक वर्ष २०७६÷७७ सम्मको वार्षिक विवरण तथा नवीकरण नगरेका फर्म तथा कम्पनीका लागि सो सुविधा दिने जनाएको हो।

सूचनामा भनिएको छ, ‘प्राइभेट फर्म तथा कम्पनीले आर्थिक वर्ष २०७६÷७७ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका फर्म तथा कम्पनीले २०७९ साल पौष मसान्त भित्र विवरण र जरिवानाको पाँच प्रतिशत रकम बुझाएमा बाँकी जरिवाना रकम मिनाहा हुने गरी नवीकरण गर्ने सम्वन्धी सूचना प्राप्त भएकोले सबै मा सूचित गरिन्छ।’