काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । २०८२ माघ १९ गते राति १२ बजेदेखि लागू हुनेगरि मूल्य बढेको निगमले जनाएको छ ।
हाललाई डिजेल तथा मट्टीतेल ३ रुपैयाँले वृद्धि गरिएको छ । ग्यासको मूल्य ४५ रुपैयाँले बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जारी गरेको सूचनामा उल्लेख छ ।