मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएपछि अर्थ मन्त्रालयले पूर्वाधार र भन्सार करवापत प्रतिलिटर १० रुपैयाँ कर घटाउने तयारी गरेको हो ।
निगमलाई घाटा हुँदा कर नलिने र नाफा भएको बेला कर लिने गरी निर्णय आउन सक्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए ।
आयल निगमले ८ जेठमा जारी गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८० मा बेच्दा १४.६४ रूपैयाँ, डिजेल १६३ मा बेच्दा २६.८२ रूपैयाँ प्रतिलिटर घाटा छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर पनि १८ सय रूपैयाँमा बेच्दासमेत ८७९.७५ रूपैयाँ घाटा छ ।
निगमलाई पछिल्लो मूल्यअनुसार १५ दिनमै ३ अर्ब ३५ करोड रूपैयाँ घाटा रहेको उल्लेख छ । सरकारले पेट्रोलमा ६३.२३ रूपैयाँ र डिजेल ४५.९१ रूपैयाँ र ग्यासमा ३२७.३७ रुपैयाँ र मट्टितेलमा १३.६६ रूपैयाँ कर लिइरहेको छ ।
हाल आईओसीबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा, १ सय ३४ रुपैयाँ ५४ पैसामा किनिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर/शुल्क लाग्ने गरेको छ ।