रु. १५.२५ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
२८ चैत्र २०७८, सोमबार
रु. १५.२५ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
काठमाडौ । नेपाल राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

बैंकले चैत २९ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ असार २८ गते परिपक्व हुनेछ।त्यस्तै केन्द्रीय बैंकले १८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०७९ असोज २५ गते परिपक्व हुनेछ। 

राष्ट्र बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ चैत २८ गते परिपक्व हुनेछन्। 

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।