३०० रुपैयाँले घट्यो सुनको मूल्य, कारोबार कतिमा ?


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
३०० रुपैयाँले घट्यो सुनको मूल्य, कारोबार कतिमा ?
काठमाडौं। सुनको मूल्य शुक्रबार प्रतितोलामा ३००  रुपैयाँले घटेकोे छ । बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।