राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित


खबरस्टोरी संवाददाता
२६ चैत्र २०७८, शनिबार
राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो ।  शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएसँगै गभर्नर अधिकारी निलम्बनमा परेका हुन् ।  

शुक्रबार अधिकारीले सरकारले आफूमाथि गरेको निर्णय सम्बन्धी पत्र बुझिसकेका छन् । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको स्रोतको भनाई छ । मन्त्रिपरिषदको विहीबारको बैठकमा गभर्नर शर्माबारे प्रश्न उठेको थियो । 

मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति पनि गठन गरेको थियो । विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहावट जस्ता गम्भीर आरोप अधिकारीमाथि लगाइएको छ ।