राष्ट्र बैंकले १० अर्ब रुपैयाँँको ट्रेजरी जारी गर्दै


खबरस्टोरी संवाददाता
३० फाल्गुन २०७८, सोमबार
राष्ट्र बैंकले १० अर्ब रुपैयाँँको ट्रेजरी जारी गर्दै
काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमवार पुनः १० अर्ब रुपैयाँको ट्रेजरी बील बिक्री गर्ने भएको छ ।  सोमवार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 

जारी मिति चैत्र १ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । 

राष्ट्र बैंकका अनुसार यसरी बिक्री हुने कुल ट्रेजरी ९१ दिने पाँच अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने वि.सं. २०७९ जेठ ३१ गते र  २०७९ चैत्र ३० गते तोकिएको छ ।