जारी मिति चैत्र १ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार यसरी बिक्री हुने कुल ट्रेजरी ९१ दिने पाँच अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने वि.सं. २०७९ जेठ ३१ गते र २०७९ चैत्र ३० गते तोकिएको छ ।