राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदको लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बिहिबार अपरान्ह तीन बजेसम्म आवेदन दिन सक्ने छन् । निष्काशन मिति २०७९ जेठ १३ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिती २०८१ जेठ १३ तोकिएको राष्ट्र बैंकको भनाई छ । ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने सुविधा रहेकोमा ऋणपत्रमा अर्धबार्षिक रुपमा व्याज भुक्तानी हुुने र आर्जित व्याजदरमा व्याजकर समेत लाग्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।