राष्ट्र बैंकले ३३ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने


खबरस्टोरी संवाददाता
४ बैशाख २०७९, आईतवार
राष्ट्र बैंकले ३३ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने
काठमाडौँ । नेपाल राष्ट्र बैकले ३३ करोड रुपैंयाँ बराबरको संस्थागत निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार तीन सय ६६ दिने मुद्धती निक्षेपकोरुपमा यही २०७९ बैशाख९ गतेदेखि २०८० बैशाख ९  गतेसम्मको लागि रकम लगानी गर्न प्रस्ताव आव्हान गरिएको हो ।  

लगानी गरिने कुुल रकम मध्ये बाँणिज्य बैकहरुको लागि २६ करोड ४० लाख, बिकास बैंकहरुको लागि चार करोड ९५ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ६५ लाख रुपैयाँ रुपैयाँ छुुट्याईएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख छ गते गते साँझ पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन पर्ने छ । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका सर्तहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।