रकम लगानीको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानीको लागि छुट्याइएको २० करोड रुपैयाँ मध्ये बाँणिज्य बैंकहरुको लागि १६ करोड, राष्ट्रियस्तरका बिकास बैंकहरुको लागि तीन करोड र फाईनान्स कम्पनीहरुको लागि दुई करोड रुपैंयाँ छुट्याईएको छ । यस्तो लगानीको अवधि बिसं २०७९ जेठ तीन गते देखि २०८० जेठ दुई गतेसम्म रहेको छ । उक्त रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख १९ गते भित्र आवेदन दिनु पर्ने छ ।
उपदान तथा पेन्सन कोषमा रहेको २६ करोड रुपैयाँ मध्ये भने बाँणिज्य बैंकहरुको लागि २० करोड ८० लाख, बिकास बैंकहरुको लागि तीन करोड ९० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड ३० लाख रुपैयाँ छुट्याईएको छ । लगानीको अवधि बिसं २०७९ जेठ तीन गतेदेखि २०८० बैशाख नौं गते सम्म तोकिएको छ । रकम लगानीको लागि यही जेठ १९ गते अपरान्ह पाँच बजेसम्म आवेदन दिनु पर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन् ।