राष्ट्र बैंकले पुन तीन अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने


खबरस्टोरी संवाददाता
११ चैत्र २०७८, शुक्रबार
राष्ट्र बैंकले पुन तीन अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने
काठमाडौ । नेपाल राष्ट्र बैकले पुनः तीन अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप जम्मा गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ बैशाख चार गतेदेखि २०८० बैशाख चार गतेसम्मको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा राख्न लागिएको राष्ट्र बैंकको भनाई छ । 

यसरी राखिने कुुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि दुई अर्ब ७६ करोड, बिकास बैंकहरुको लागि ५१ करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि १७ करोड २५ लाख रुपैयाँ रुपैयाँ छुुट्याईएको छ । लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही चैत १५ गते साँझ पाँच बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ । 

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने लगायतका शर्तहरु तोकिएको राष्ट्र बैंकले भनाई छ ।