निष्काशन अवधि २०७८ चैत्र २० गते तोकिएको बचतपत्रको सावाँ भुत्तानी अवधि भने २०८३ चैत्र ३० रहेको छ । राष्ट्र बैंकका अनुसार बचतपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र बार्षिक १० प्रतिशत व्याजदर तोकिएको बचतपत्र खरिदको लागि नेपाली नागरिक मात्र सहभागी हुन सक्ने छन् ।
बचतपत्र खरिदका लागि घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सिमा तोकिएको राष्ट्र बैंकको भनाई छ ।