राष्ट्र बैंकले १० प्रतिशत व्याजमा दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्ने


खबरस्टोरी संवाददाता
२९ फाल्गुन २०७८, आईतवार
राष्ट्र बैंकले १० प्रतिशत व्याजमा दुई अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्ने
काठमाडौँ। बार्षिक १० प्रतिशत व्याजमा नेपाल राष्ट्र बैकले दुई अर्ब रुपैयाँको नागरिक बचतपत्रको बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार चैत्र एक गते देखि चैत्र २० गतेसम्म पाँच बर्षे अवधिको नागरिक बचतपत्र २०८३ “क” बिक्री गर्न लागिएको हो । 

निष्काशन अवधि २०७८ चैत्र २० गते तोकिएको बचतपत्रको सावाँ भुत्तानी अवधि भने २०८३ चैत्र ३० रहेको छ । राष्ट्र बैंकका अनुसार बचतपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ । अर्धबार्षिकरुपमा व्याज भुक्तानी हुुने र बार्षिक १० प्रतिशत व्याजदर तोकिएको बचतपत्र खरिदको लागि नेपाली नागरिक मात्र सहभागी हुन सक्ने छन् । 

बचतपत्र खरिदका लागि घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सिमा तोकिएको राष्ट्र बैंकको भनाई छ ।