राष्ट्र बैंकले दियो, नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोवार गर्न नबिललाई सहमती


खबरस्टोरी संवाददाता
१८ फाल्गुन २०७८, बुधबार
राष्ट्र बैंकले दियो, नेपाल बंगलादेश बैंकलाई गाभेर एकीकृत कारोवार गर्न नबिललाई सहमती

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैक (एनबी) लाई गाभेर एकीकृत कारोवार गर्नको लागि नबिल बैंकलाई सैद्धान्तिक सहमती दिएको छ । राष्ट्र बैंकको पछिल्लो पटक बसेको सञ्चालक समितीको बैठकले नबिललाई यस्तो सहमती दिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

 सैद्धान्तिक सहमती पाएसंगै अबको छ महिना भित्रमा नबिलले एनबीलाई गाभेर एकीकृतरुपमा कारोवार सञ्चालन गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार गत पुस २९ गते नबिलले एनबी बैंकलाई प्राप्ती गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । प्राप्तीको लागि एनबीको एक सय कित्ता शेयर बराबर नबिलको ४३ कित्ता शेयर हुने गरी स्वाप रेसियो कायम गर्ने सहमती भएको थियो । उक्त समय भएको सम्झौतामा नबिलका तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेको राष्ट्र बैंकको भनाई छ ।