२०७९वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनले अर्थतन्त्र थप चलायमान हुन गएको छ । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।
मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ ।
यद्यपि पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध, कोभिड महामारीपश्चात् आन्तरिक मागमा भएको विस्तार र स्थानीय तह निर्वाचनको समयमा भएको आर्थिक गतिविधिलेमूल्यमा चाप पर्न गएको छ । समीक्षा अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको र विप्रेषण आप्रवाह स्थिर रहेका कारण बाह्य क्षेत्रदबाबमा परेको छ ।
आर्थिक तथा वित्तीय स्थिति वास्तविक क्षेत्र केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि भएको अनुमान सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा क्षेत्रगत रुपमा भएको वास्तविक उत्पादनसँग आर्थिक वर्ष २०७८/७९ का लागि विभागले सार्वजनिक गरेको क्षेत्रगत अनुमानित वास्तविक उत्पादन तुलना गर्दा कोभिड महामारीमा कमी आएपश्चात् यातायात तथा भण्डारण र पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्रहरु पुनरुत्थान भैसकेका छन्।
आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको हिस्सा ९०.७३ प्रतिशत रहेको अनुमान छ । गत वर्ष कुल उपभोग ७.७ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष यस्तो उपभोग ११.५ प्रतिशतले वृद्धि हुने देखिन्छ ।
आर्थिक वर्ष २०७७/७८ मा कुल बचत र लगानीबीचको अन्तर कुल गार्हस्थ्यउत्पादनको २.४८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८ नेपाल राष्ट्र बैंक उत्पादनको २९.३७ प्रतिशत रहने अनुमान छ । स्थिर पुँजी निर्माणको अनुपात स्थिर रहँदा रहँदै साधन अन्तरमा वृद्धि आउनुले विगत वर्षहरुको तुलनामा चालु वर्ष राष्ट्रिय बचत परिचालनमा कमी आएको देखिएकोछ ।
वार्षिक बिन्दुगत आधारमा २०७७ चैतमा मुद्रास्फीति ३.१० प्रतिशत रहेकोमा २०७८ चैतमा ७.२८ प्रतिशत पुगेको छ । खाद्य तथा पेय पदार्थ समुहको मूल्य वृद्धिदर २०७७ चैतमा ३.४९ प्रतिशत रहेकोमा २०७८ चैतमा ७.४० प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समुहको मूल्य वृद्धिदर २.७९ प्रतिशत रहेकोमा ७.१८ प्रतिशत पुगेको छ ।