राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक


खबरस्टोरी संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार
राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

२०७९वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनले अर्थतन्त्र थप चलायमान हुन गएको छ । केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।

मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिनेछ ।

यद्यपि पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध, कोभिड महामारीपश्चात् आन्तरिक मागमा भएको विस्तार र स्थानीय तह निर्वाचनको समयमा भएको आर्थिक गतिविधिलेमूल्यमा चाप पर्न गएको छ । समीक्षा अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको र विप्रेषण आप्रवाह स्थिर रहेका कारण बाह्य क्षेत्रदबाबमा परेको छ ।

आर्थिक तथा वित्तीय स्थिति वास्तविक क्षेत्र केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादन ५.८४ प्रतिशतले वृद्धि भएको अनुमान सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा क्षेत्रगत रुपमा भएको वास्तविक उत्पादनसँग आर्थिक वर्ष २०७८/७९ का लागि विभागले सार्वजनिक गरेको क्षेत्रगत अनुमानित वास्तविक उत्पादन तुलना गर्दा कोभिड महामारीमा कमी आएपश्चात् यातायात तथा भण्डारण र पर्यटन क्षेत्रबाहेक अन्य क्षेत्रहरु पुनरुत्थान भैसकेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको हिस्सा ९०.७३ प्रतिशत रहेको अनुमान छ । गत वर्ष कुल उपभोग ७.७ प्रतिशतले वृद्धि भएकोमा चालु आर्थिक वर्ष यस्तो उपभोग ११.५ प्रतिशतले वृद्धि हुने देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा कुल बचत र लगानीबीचको अन्तर कुल गार्हस्थ्यउत्पादनको २.४८ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८ नेपाल राष्ट्र बैंक उत्पादनको २९.३७ प्रतिशत रहने अनुमान छ । स्थिर पुँजी निर्माणको अनुपात स्थिर रहँदा रहँदै साधन अन्तरमा वृद्धि आउनुले विगत वर्षहरुको तुलनामा चालु वर्ष राष्ट्रिय बचत परिचालनमा कमी आएको देखिएकोछ ।

वार्षिक बिन्दुगत आधारमा २०७७ चैतमा मुद्रास्फीति ३.१० प्रतिशत रहेकोमा २०७८ चैतमा ७.२८ प्रतिशत पुगेको छ । खाद्य तथा पेय पदार्थ समुहको मूल्य वृद्धिदर २०७७ चैतमा ३.४९ प्रतिशत रहेकोमा २०७८ चैतमा ७.४० प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समुहको मूल्य वृद्धिदर २.७९ प्रतिशत रहेकोमा ७.१८ प्रतिशत पुगेको छ ।