सिभिल बैंकको नयॉ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात व्यवस्था कार्यालयमा


खबरस्टोरी संवाददाता
२९ फाल्गुन २०७८, आईतवार
सिभिल बैंकको नयॉ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात व्यवस्था कार्यालयमा
काठमाडौं।  समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्घिचरण नगरपालिका,वडा नं ०४ रुम्जाटारस्थित यातायात ब्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्व मन्त्री अम्बिर बाबु गुरुङले गरेका हुन् ।

 उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात ब्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्घिचरण नगरपालिका वडा नं ०४ का अध्यक्ष रत्नबहादुर गुरुङ, रुम्जाटार मा.वि का प्रधानाध्यपक गोकर्ण बहादुर बाँनिया, सिभिल बैंकका चिफ क्रेडिट बिजनेश सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाल लगायतसो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । 

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले यातायात ब्यवस्था कार्यालयसंग सम्वन्धित सम्पूर्ण करतथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग गर्न सक्नेछन । बैंकले हालसम्म करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरुमार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दे आएको छ । करिब सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिलले यस एक्सटेन्सन काउन्टर सहित ११ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । 

जसमध्ये सात वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । बैंकले हालसम्म करीव ८९ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ९० अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।