सिभिल बैंकको नँया एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात व्यवस्था कार्यालयमा


खबरस्टोरी संवाददाता
१५ चैत्र २०७८, मंगलवार
सिभिल बैंकको नँया एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात व्यवस्था कार्यालयमा
काठमाडौं। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका, वडा नं ०४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नँया एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका भुतपूर्वमन्त्री अम्बिर बाबु गुरुङले गरेका हुन् । 

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, रुम्जाटार यातायात व्यवस्था कार्यालयका प्रमुख गोपाल दाहाल, सिद्धिचरण नगरपालिका वडा नं ०४ का अध्यक्ष रत्न बहादुर गुरुङ, रुम्जाटार मा.वि का प्रधानाध्यपक गोकर्ण बहादुर वानिया, सिभिल बैंकका चिफ क्रेडिट बिजनेश सुमन आचार्य र प्रदेश नं. १ का प्रदेश प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिती रहेको थियो । 

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले यातायात व्यवस्था कार्यालयसंग सम्वन्धित सम्पूर्ण कर तथा दस्तुरहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत  सजिलैसंग गर्न सक्नेछन् । बैंकले हालसम्म करिब सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरुमार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । 

करिब सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले एक्सटेन्सन काउन्टर सहित ११ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । जसमध्ये ७ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो । बैंकले हालसम्म करिब ८९ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ९० अर्ब रुपैंयाँ भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।