सिभिल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रति कित्ता कति ?


खबरस्टोरी संवाददाता
२० बैशाख २०७९, मंगलवार
सिभिल लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रति कित्ता कति ?
 काठमार्डौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले २१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

लघुवित्तले संस्थापक शेयरधनी सुरज अधिकारी र बोध प्रसाद त्रिपाठीको नाममा रहेको शेयर बिक्रीका लागि ३५ दिने सूचना निकालेको छ । ।

संस्थापक शेयरधनी अधिकारीको १५ हजार र त्रिपाठीको ६ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको छ ।  शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको छ । यसअनुसार शेयरधनीले उक्त शेयर खरिद गर्न सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र कम्पनीको केन्द्रिय कार्यालय चावहिल, काठमाडौंमा पेश गर्नु पर्ने कम्पनीले जनाएको छ । ।