सिभिल लघुवित्तद्घारा ग्लोवल मनी वीक २०२२ कार्यक्रम सम्पन्न


खबरस्टोरी संवाददाता
१४ चैत्र २०७८, सोमबार
सिभिल लघुवित्तद्घारा ग्लोवल मनी वीक २०२२ कार्यक्रम सम्पन्न
काठमाडौं। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले यही चैत सात गते देखि चैत १३ गतेसम्म ग्लोवल मनी वीक २०२२ को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । 

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरक्रिया कार्यक्रम संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी र्‍याली समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्र छात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन मनी वीकले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १७ हजार जना लाभान्वित भएको संस्थाले जानकारी दिएको छ ।