सेगवे विश्वव्यापीरुपमा लोकप्रिय र उच्च विक्री हुने ई–स्कुटर ब्रान्ड हो । नेपालमा सेगवे ई–१२५को विक्री यही चैत १९ देखि वारेन्टी सहित शुरु भईसकेको छ । नेपालमा नाईन बटका लागि आधिकारिक बिक्रेता आईहव प्रा.लिले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ ।
सेगवे ई–१२५
ईलेक्ट्रिक स्कुटर ई–१२५ संयुक्त राज्य अमेरिकाको मोबिलिटी ईनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो । २०२० रेड डट डिजाईन अवार्ड विजेता यो इलेिक्ट्रक स्कुटर सेगवे नाइनबटद्धारा बनाइएको ई श्रृङखला अन्तर्गतको पहिलो स्कुटर हो । यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।
प्रति घण्टा ७५ कि.मी. सम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २,४०० वाट बोच ईलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ । ड्राइभिङ दायराका लागि ७४ भि र २७ एएच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ जसमा स्कुटरको लागि डबल ब्याट्री स्पेस पनि छ । स्कुटरसँगै सिङ्गल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन् ।
बोचको १० औँ पुस्ताको डुअल च्यानल एबिएसब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्दछ । सुन्दर देखिने डिजिटल ड्यास बोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरु प्रदान गर्दछ । आईपि एक्स ५ वाटरप्रुफ सेगवे ई–१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ । साथै, जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरु कुदाउन सकिंदैन, त्यहाँ सेग्वे ई–१२५ सजिलै चलाउन सकिन्छ । सेगवे इ–१२५ दुई भिन्न आकर्षक रंगहरुमा उपलब्ध छ – सेतो र ग्रे । यो स्कुटरको नेपाली मूल्य रु. ३,९१,००० तोकिएको छ ।
सेगवे नाइनबटको बारेमा
छोटो दुरीकालागिउपयोगी सवारी साधन बनाउने विश्व प्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो । यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ–ब्यालेन्सिङ निजी सवारीसाधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो ।
नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, विक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो ।
२०१५ मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे–नाइनबट अस्तित्वमा आएको थियो । हालविश्वको ८० राष्ट्र तथा क्षेत्रहरुमा रहेको कम्पनीको व्यवसायको सहायक कम्पनीहरु बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियान जिनमा रहेका छन् ।
विश्व–प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे–नाइनबटले प्रयोगकर्ताहरु र सम्पूर्ण उद्योगलाई भविष्यमा नेतृत्वगर्ने थप उत्पादनहरु सिर्जना गर्नेछ । सेगवे–नाइनबटको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक आइहव प्रा. लि. हो ।
स्कुटरका मुख्य विशेषताहरु:
-डाइमेन्सन : १७४५८६७५८१२००mm
-नेट वेट : ८८ के.जी
-ग्राउन्ड क्लियरेन्स: १३५ mm(५.३२ ईन्च)
-प्याटेन्टेड एन्टी स्कीड ट्युबलेस टायर्स
-हाईड्रलिक स्प्रीङ्ग ड्याम्पिङ्ग
-फ्रन्ट डिस्क, रेयर डिस्क
-म्याक्स स्पीड: ७५कि.मी ÷प्रतिघण्टा
-म्याक्स पावर: ३६०० वाट
-टेलर्ड लिथियम ब्याट्री
-चार्जिङ टाईम: ५–६ घण्टा
- २४०० वाट ब्रशलेस ईलेक्ट्रिक मोटर
-म्याट्रिक्स एलईडी हेडलाईट एण्ड एलईडी टेल लाईट
-डिजिटल डिस्प्ले
-रिमोट की कन्ट्रोल
-यूएसबीचार्जिङ पोर्ट
-२२ लि. अन्डर सीट स्टोरेज स्पेस