राष्ट्र बैंकका अनुसार चैत्र १५ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । उक्त ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको नौं अर्ब १० करोड, एक सय ८२ दिने अवधिको तीन अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ । उक्त ट्रेजरी मध्ये २८ दिने, ९१ दिने र एक सय ८२ दिने टे«जरी पुरानो नविकरण अन्र्तगत रहेको छ भने तीन सय ६४ दिने ट्रेजरी नयाँ रहेको राष्ट्र बैंकको भनाई छ ।
उक्त ट्रेजरीको परिपक्व हुने अवधि २०७९ बैशाख १३ गते, २०७९ असार १४ गते, २०७९ असोज ११ गते र २०७९ चैत्र १४ गते तोकिएको राष्ट्र बैंकको भनाई छ । यसअघि यही चैत्र सात गते पनि राष्ट्र बैकले ११ अर्ब ८३ करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।