सोमबार १० अर्ब २० करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता
५ बैशाख २०७९, सोमबार
सोमबार १० अर्ब २० करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पुनः १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सोमवार अपरान्ह तीन बजेसम्म सो परिमाणमा टे«जरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 

जारी मिति बैशाख ६ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । उक्त ट्रेजरी ९१ दिने अवधिको पाँच अर्ब २० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैंयाँको रहेको छ । 

यी ट्रेजरीहरुको परिपक्व हुने अवधि क्रमशः २०७९ साउन ३ गते र २०७९ कात्तिक १ गते तोकिएकोे छ । यी ट्रेजरीहरुमा पाँँच अर्ब रुपैंयाँको नयाँ रहेको छ भने बाँकी पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले गत साता पनि पनि १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।