सामसुङ नेपाल, आईएमएस ग्रुप र हिम इलेक्ट्रोनिस्द्वारा पुरस्कार वितरण


खबरस्टोरी संवाददाता
२ असार २०७९, बिहीबार
सामसुङ नेपाल, आईएमएस ग्रुप र हिम इलेक्ट्रोनिस्द्वारा पुरस्कार वितरण
काठमाडौं । सामसुङ नेपाल, आईएमएस ग्रुप र हिम इलेक्ट्रोनिस्द्वारा “नयाँ वर्ष, पुरस्कारको हर्ष“ योजनाका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । 

नयाँ वर्षको आगमनसंगैं संचालन गरिएकोे “नयाँ वर्ष, पुरस्कारको हर्ष“ नामक वितरक उपहार योजना अन्तर्गत ३ वितरक– भरत  ट्रेड प्रा लि , सन मोबाइल स्टोर र जय माँ अम्बे मोबाइल स्टोरलाई किया सोनेट कार साथै १० जना विजेताहरुलाई बजाज २२० एफ एबिएस बाइक पुरस्कार वितरण गरेको हो । 

यस योजना अन्र्तगत ५० जनालाई दुबई भ्रमणका साथै अन्यलाई नगद भाउचरहरु पनि प्रदान गरिएका छन् । सो योजना २०२२ को अप्रिलदेखि मे महिनासम्म संचालन गरिएको थियो, जसमा देशभर छरिएका सम्पूर्ण वितरकहरुलाई सहभागी गराइएको थियो । 

योजनाका विभिन्न पुरस्कार विजेताहरुलाई ज्ञानेश्वर स्थित एटिक रेष्टुराँमा आयोजित एक कार्यक्रममा पुरस्कारहरु वितरण गरिएको थियो ।