सम्झौता अनुसार समृद्धि फाइनान्सका ग्राहकहरूले बिज बजारबाट सामान खरिद गरी समृद्धि फाइनान्सको मोबाइल बैंकिङ वा कनेक्ट आइपियस मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा तीतन सय रुपैयाँसम्मको क्यास ब्याक पाउने भएकाछन् । साथै समृद्धि फाइनान्सले खाता खोल्ने प्रत्येक नयाँ ग्राहकलाई बिजबजारको दुई सय रुपैयाँ बराबरको शपिङ भौचर प्रदान गर्नेछ भने एक वर्षका लागि एक लाखवा बढीको मुद्दती खाता खोल्ने ग्राहकहरूलाई बिजबजारको पाँच सय रुपैयाँ बराबरको शपिङ भौचर प्रदान गर्नेछ ।
समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लोहनीले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्वपूर्ण भूमिका खेल्न यस्तो सहकार्य आवश्यक रहेको बताएका छन् । साथै डिजिटल नेपाल फ्रेमवर्कमा बिजबजारसँग सहकार्य गर्न पाएकोमा खुसी समेत व्यक्त गरेका छन् । उक्त अवसरमा बोल्दै बिजबजारका प्रमुख कार्यकारी अधिकृत गणेश गौतमले लाखौँ मानिसहरूलाई अनलाइन जोड्ने हाम्रो लक्ष्य र भिजन पूरा गर्न, हामीले समृद्धि फाइनान्स कम्पनी लिमिटेडलाई एक रणनीतिक व्यापार साझेदारकोरूपमा लिएको र समृद्धि फाइनान्स र बिज बजारले सहकार्य गरी दुवै पक्षका लागि उपयोगी हुने क्रस मार्केटिङ गतिविधिहरू सञ्चालन गर्ने कुरामा विश्वस्त रहेको बताए । साथै, उनले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित साथै डिजिटल प्रविधि चलाउन प्रोत्साहन गर्दे अघि बढ्ने कुरा बिजबजारले जनाएको छ ।