समृद्धि फाइनान्समा खाता खोल्दा मोवाईल सिम सित्तैमा


खबरस्टोरी संवाददाता
१५ चैत्र २०७८, मंगलवार
समृद्धि फाइनान्समा खाता खोल्दा मोवाईल सिम सित्तैमा
काठमाडौं। समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । सिम सँगै ५० रुपैयाँको व्यालेन्स सहित आकर्षक स्किम ल्याएको छ । फाइनान्समा नयाँ खाता खोल्ने सबै ग्राहकहरुले सिम र ५० को व्यालेन्स सित्तैमा पाँउनेछन । नयाँ ग्राहकहरुलाई आर्कषित गर्न यो योजना ल्याईएको फाइनान्सका व्यवसाय प्रवर्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् । 

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम ११ प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।