समृद्धि फाइनान्सद्धारा जेष्ठ नागरिकलाई सम्मान


खबरस्टोरी संवाददाता
२८ जेष्ठ २०७९, शनिबार
समृद्धि फाइनान्सद्धारा जेष्ठ नागरिकलाई सम्मान
काठमाडौं। समृद्धि फाइनान्सले जेठ नागरिकहरुलाई सम्पान गरेको छ । बैंकले जेठ २८ गते शनिबार जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको हो । 

फाइनान्सको पाँचै शाखाबाट उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ७० बर्ष भन्दा माथि उमेर समुहका जेष्ठ नागरिकलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पाँचै शाखाबाट करिब तिन सय जना लाई सम्मान गरिएको व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन ।

कार्यक्रममा प्रमुख अतिथिकोरुपमा पुतलीसडक शाखामा शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख केशवराज जोशि, हेटौंडामा हेटौंडा उ.न.पा.का उप मेयरराजेश बानियाँ, पोखरामा कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेशका मन्त्रि विन्दु कुमार थापा, नारायणगढ शाखामा संस्थाका अध्यक्ष ठाकुर प्रसाद भट्टराई र बुटवल शाखामा संचालक सुजन अधिकारीको उपस्थिति रहेको फाईनान्सले जानकारी दिएको छ ।