समृद्धि फाइनान्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण


खबरस्टोरी संवाददाता
१५ चैत्र २०७८, मंगलवार
समृद्धि फाइनान्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण
काठमाडौं।  समृद्धि फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत पशुपति क्षेत्र विकास कोष लाई झोला वितरण गरेको छ । एक कार्यक्रमकाबिच कोषलाई झोला वितरण गरिएको हो । 

समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु गर्ने फाइनान्सका व्यवसाय प्रवर्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् । 

फाइनान्सले मुद्धती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधित्तम ११ प्रतिशत सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।