सुन तोलामा ८०० रुपैयाँले बृद्धी, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
१० फाल्गुन २०७८, मंगलवार
सुन तोलामा ८०० रुपैयाँले बृद्धी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ मंगलबार तोलमा आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी तोलाको एक हजार तीन सय १५ रुपैयाँ निर्धारण भएको छ ।