सेन्चुरी बैंकलाई २ अर्ब २० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति


खबरस्टोरी संवाददाता
४ बैशाख २०७९, आईतवार
सेन्चुरी बैंकलाई २ अर्ब २० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति
काठमाडौं ।   नेपाल सेन्चुरी बैंकले  धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । सेन्चुरी बैंकलाई धितोपत्र बोर्डले २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख इकाई ऋणपत्र जारी गर्न अनुमति दिएको हो । त्यस मध्ये ८ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ ।

बैंकले बाँकी १३ लाख २० हजार कित्ता आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सेन्चुरी बैँकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा बैंकले वार्षिक ९५ प्रतिशत ब्याजदर दिने जनाएको छ । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम  गर्नेछ ।