सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
२५ बैशाख २०७९, आईतवार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको छ । आज सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको हो । आज तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदीको बिक्री मूल्य १२ सय ८५ रुपैयाँ रहेको छ ।