सुनचाँदीको मूल्यमा गिरावट


खबरस्टोरी संवाददाता
२२ पुष २०७८, बिहीबार
सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौ। बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ  । बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ  कायम भएकोमा बिहीबार ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएकोे छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ ।