सुनको भाउ ८ सयले घट्यो, कति छ आजको भाउ ?


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
सुनको भाउ ८ सयले घट्यो,  कति छ आजको भाउ ?
काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी तोलामा ३७ रुपैयाँ घटेर प्रतितोला एक हजार एक सय ४५ रुपैयाँ कायम भएको छ।