सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
२९ जेष्ठ २०७९, आईतवार
सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ   आज नेपाली बजारमा सुनको  मुल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन  प्रतितोला ९९ हजार  २ सयमा कोरोबार भैरहेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । 

त्यस्तै आज चाँदीमा पनि १५ रुपैयाँले बृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यासायी महासंघले जनाएको छ ।