सुनको मूल्य बढ्यो, तोलाको कति ?


खबरस्टोरी संवाददाता
६ असार २०७९, सोमबार
सुनको मूल्य बढ्यो, तोलाको कति ?
काठमाडौं। सोमबार सुनको मूूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।  आइतबारको तुलनामा आज प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार  आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ । त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।