सुनको मूल्य घट्यो, तोलाको कति ?


खबरस्टोरी संवाददाता
८ असार २०७९, बुधबार
सुनको मूल्य घट्यो, तोलाको कति ?
काठमाडौं।  नेपाली बजारमा बुधबार सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । 

सोमबार र मंगलबार प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुनको भाउ ९६ हजार आठ सय रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।