सुनको मूल्य ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
३० जेष्ठ २०७९, सोमबार
सुनको मूल्य ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आइतबारको तुलनामा सोमबार तोलामा ३०० रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ । 

चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार  भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।