महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।
चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।