सुनको मूल्य २०० रुपैयाँले घट्यो, तोलाको कति ?


खबरस्टोरी संवाददाता
२९ असार २०७९, बुधबार
सुनको मूल्य २०० रुपैयाँले घट्यो, तोलाको कति ?
काठमाडौँ। आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य २०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८ सय निर्धारण भएको छ । यता, बुधबार चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

 गतसाता निरन्तर बढ्दौ गएको सुनचाँदीको मुल्य यो साता निरन्तर घटदौ आएको छ ।