सुनको मूल्यमा बृद्वि, तोलामा ५०० रुपैयाँले बढ्यो


खबरस्टोरी संवाददाता
२९ पुष २०७८, बिहीबार
सुनको मूल्यमा बृद्वि, तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्यमा एकाएक बृद्धि भएको छ। बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । त्यसै गरि चाँदीको मूल्यमा बृद्धि भएको छ । बुधबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।