उदघाटन् समारोहमा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले काठमाण्डौको नेपालटारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा समस्त सरोकारवालाहरुलाई निरन्तर सहयोग एवम् सदभावका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटीएम संचालनमा रहेका छन् ।