सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता


खबरस्टोरी संवाददाता
२२ असार २०७९, बुधबार
सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता
काठमाडौं । सानिमा बैंक र अन्नपूर्ण केबलकारबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोवाईल बैंकिङबाट क्युआर कोड स्क्यान वा डेबिट तथा क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।  

उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रर्वन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् । 

सानिमा बंैकको देशका सातै प्रदेशमा एक सय २७ वटा शाखा कार्यालय र एक सय २० वटा ए.टी.एम्. सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।