सानिमा बैंकको र्‍याडिसन, द एभरेष्ट, होटल अकामा र अलफ्टसंग सम्झौता


खबरस्टोरी संवाददाता
१४ चैत्र २०७८, सोमबार
सानिमा बैंकको र्‍याडिसन, द एभरेष्ट, होटल अकामा र अलफ्टसंग सम्झौता
काठमाडौं। सानिमा बैंकले र्‍याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ । ग्राहकहरुले सानिमा भिसा कार्ड (डेबिट/क्रेडिट) र सानिमा सजिलो इ बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा र्‍याडिसन होटलमा १० प्रतिशत छुट, द एभरेष्ट होटलमा १५ प्रतिसशत छुट, होटल अकामामा २० प्रतिशत छुट र अलफ्ट  काठमाडौं ठमेलमा १५ प्रतिशत छुट पाउनेछन् । यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन् ।

सानिमा बैंकको क्रेडिट कार्डको लागि बैंकको वेबसाइटबाट आवेदन दिन सकिन्छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको छ ।