सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


खबरस्टोरी संवाददाता
१५ चैत्र २०७८, मंगलवार
सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं। सानिमा बैंकको गोकर्णेश्वर शाखाले यही चैत १२ गते ग्लोबल मनि वीक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर कार्यालयल बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । 

शान्ति फाउन्डेसन गैर सरकारी संस्था हो जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बैंकको महत्व, बैंकिङ सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड रडिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको थियो । शान्ति फाउन्डेसनका कार्यकारी निर्देशक श्रीमती तामाङले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङको महत्व बुझाएकोमा बैंकलाई धन्यबाद ज्ञापन गरिन् ।

बैंकले यसै गरी देशका सातै प्रदेशमा सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजन गर्दे आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२ ६ कार्यालय र ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।