सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’
काठमाडौं।  सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । बैंकका अनुसार ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।

 ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट-क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नुपर्ने छ ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुविधाजनक बनाउनु हो । सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय तथा एक सय १७ वटा ए. टि. एम् संचालनमा रहेका छन् ।